२२ बैशाख २०८१, शनिबार

 

धौलागिरि अस्पतालको भवन बनाउन महोत्तरीबाट आएका थप १३ जना मजदुरलाई कोरोना

धौलागिरि अस्पताल बागलुङको भवन निर्माणमा खटिएका १३ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा महोत्तरीबाट अस्पतालको ‘सी’ ब्लक भवन निर्माणका लागि आएका उनीहरूमा कोेराना देखिएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा शैलेन्द्र वि पोख्रेलले नयाँ विश्वलाई बताए ।

यसअगाडि उनीहरूसँगै आएका २५ वर्षीय एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो । भवन निर्माणका लागि साउन १३ गते महोत्तरीबाट १८ जना कामदार बागलुङ आएका थिए ।

बागलुङ आएलगत्तै कोरोना परीक्षण गर्दा एक जनालाई संक्रमण पुष्टि भएको थियो भने अन्य १७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । संक्रमित युवकसँगै बसेका कारण उनीहरूको पुनः परीक्षण गरिएकोमा गर्दा १३ जनामा पोजिटिभ देखिएको हो ।

उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएकोमा संक्रमित १३ जनालाई आइसोलेसन कक्षमा लैजानी तयारी गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्