५ जेष्ठ २०८१, शनिबार

 

निसीखोलामा पहिरोमा परी दुई बालकसहित तीनको मृत्यु

बागलुङको निसीखोलामा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गए राति परेको अविरल वर्षाका कारण पहिरो जाँदा निसीखोला गाउँपालिका वडा ५ मा दुई बालक र वडा नम्बर ३ मा ६० वर्षीय महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

निरीक्षक सिंहका अनुसार पहिरोले निसीखोला गाउँपालिका वडा नम्बर ५ कारी गाउँका स्थानीय हिराबहादुर विकको १३ वर्षीय छोरा विदेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विकको पुरिएर मृत्यु भएको हो ।उद्वारका लागि प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्