
बागलुङ नगरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१० भकुण्डेको गलुवाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।
संक्रमित युवा लमजुङबाट आएका संक्रमित नेपाली सेनाको जवानले घरमा आयोजना गरेका भोजमा सहभागि भएका थिए । संक्रमित पुरुषलाई दिउसो ४ बजेपछि धौलागिरी अस्पतालको आईसोलेसनमा ल्याउने तयारी भैरहेको छ ।