६ जेष्ठ २०८१, आईतवार

 

लोक सेवाले ग-यो नयाँ परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

लोक सेवा आयोगका रोएिका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा, अधिकृत, नायब सुब्बा, र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा कात्तिक १८, १९ र २० गते हुने भएको छ ।

व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने भएको हो ।

यस्तै, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने आयोगले जनाएको छ ।
नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुनेछ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोग जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण क्रमशः असोज २५, २६ र २७ गते हुने भएको छ ।

थप सूचना लागि तल हेर्नुहोला

 

प्रतिक्रिया दिनुहोस्