५ जेष्ठ २०८१, शनिबार

 

शनिबार थपिए १२०७ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १८हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् । यस्तै ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्