५ जेष्ठ २०८१, शनिबार

 

बसले स्कुटरलाई ठक्कर दिँदा एक वर्षीय छोरासहित बाबुआमाको मृत्यु

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–१ स्थित दुधौरामा बसले स्कुटीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यलय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ अनुसार सिन्धुलीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ४ ख ७२४२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा श्रीमान, श्रीमती र एक वर्षीय छोराको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा निजगढ नगरपालिका(१० बस्ने वर्ष नखुलेका तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती र १ वर्षीय छोरा अहानको मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिएका बस चालक फरार छन्। उनको खोजी भइरहेको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्