२३ बैशाख २०८१, आईतवार

 

प्रधानमन्त्री ओली निवासमा खटिएका ६५ सुरक्षाकर्मीमा कोरोना पुष्टि

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खटिएका ६५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
यसअघि प्रधानमन्त्री ओलीका तीन सल्लाहकार, एक जना स्वकीय सचिवलाई संक्रमण देखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्