२३ बैशाख २०८१, आईतवार

 

चिकित्सकसहित गण्डकीमा थप ४३ जनामा कोरोना

भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

डा। शर्माका अनुसार नवलपरासीका २६, तनहुँका ९, लमजुङका ५ तथा गोरखा, स्याङजा र बागलुङका एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

तनहुँमा कोरोना पुष्टि भएका सबैजना बीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत चिकित्सक, अनमी, सुरक्षाकर्मी, लेखा र प्रशासनका कार्यरत कर्मचारी रहेका उनले बताए । उनीहरुलाई आइसोलेशनमा पठाएर कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्