२३ बैशाख २०८१, आईतवार

 

सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीलाई कोरोना पुष्टि

सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण भएको छ। अदालतले न्यायाधीश र केही अधिकृत तथा कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको भन्दै आजका लागि एउटा मात्र इजलास तोकेको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले संक्रमित न्यायाधीशले प्रधानन्यायाधीशलाई आफू संक्रमित भएको जानकारी गराएपछि आजका लागि एउटा मात्रै इजलास तोकिएको जानकारी दिए ।

सर्वोच्च अदालतले संक्रमित न्यायाधीश र कर्मचारीहरूको विवरण भने सार्वजनिक गरेको छैन । संक्रमित भएका न्यायाधीश र कर्मचारी तथा उनीहरूको सम्पर्कमा पुगेका अन्य न्यायाधीशरकर्मचारी होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्