
पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा २ हजार ४ सय ४० मा संक्रमण पुष्टि भएको हो । योसँगै जम्मा संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । यस्तै काठमाडौं उपत्यकामा एक हजार ५ सय ३१ जनामा कोरोना पुष्टि भएको छ ।