कुनै बेला मनोरन्जनको साधन मानिने चंगा उडाउने संस्कृति हराउदै जान थालेको छ । विगत एक दशक अगाडीसम्म दशैं तथा तिहार मा बालवालिकादेखि युवाले मनोरञ्जनको रुपमा लिने चंगा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा सकृतिको कारण लोप हुन थालेको हो ।
युवा पुस्ताको रोजाईमा पर्न नसक्दा पछिल्ला वर्षहरुमा चंगा उडाउने पुरानो परम्परा लोप हुँदै गएको हो। एक दशक अघिसम्म दसैं–तिहारलगायतका पर्व आएको संकेत गर्ने चंगा उडाउने परम्परा विस्तारै लोप हुदै गएको छ ।
पहिलेको जस्तो चंगा उडाउने ठाउँ पनि पर्याप्य नभएकाले उति बेलाका घरहरूको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चंगा उडाउन सजिलो भए पनि खुल्ला स्थान अभाव र शहरीकरणका कारण चंगा उडाउने संस्कृति हराउन जान थालेको संकल्प फाउण्डेशनका सदस्य एवं पत्रकार प्रकट कुमार शिरिले बताए ।
विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भए पनि नेपालमा भने चंगा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन आयोजन समितिका सदस्य तथा बागलुङ जेसीजका पूर्वअध्यक्ष दिवाकर शाक्यले नयाँ विश्वलाई बताए ।
अहिलकोे युवा आफ्नो संस्कति बचाउनभन्दा डिजिटल संसारमा मस्त छन्। दसैंमा चंगा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दै छ । अहिलेका बालबालिकाको मोबाइल, कम्प्युटर, ल्यापटपलगायतका मनोरञ्जनका माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आर्कषण घटेको धेरैको बुझाई छ ।
पहिले पहिले शहर बजारमा किराना पसलदेखि तरकारी पसलसम्म पाइने चंगा अहिले आएर बजारमै केहि सिमित पसलमा मात्र भेटिने गरेको छ । अझ लट्टाइ त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नु पर्ने अवस्था आईसकेको छ ।
लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उदेश्यले बागलुङमा करिव दुई दशकपछि चंडा चैट प्रतियोगिता आयोजना गरिएको छ । नेपालीहरुको दोश्रो ठुलो चार्ड पर्व तिहारको उपलक्ष्यमा बागलुङ जेसीज र संकल्प फाउण्डेशनको संयुक्त आयोजनामा चङ्गा चैट प्रतियोगिता आयोजना गरिएको छ ।
प्रभु बैंक, वाइवाइ चाउचाउ,अर्ना वियर,रोयल स्टक रक्सि, र संन्ध्या क्रियसन बुटिकको प्रयोजनमा भएको प्रतियोगितामा प्रथम हुनेले ८ जार, द्धितिय हुनेले ४ हजार र शान्त्वना हुने २ जनाले २,२ हजार नगद प्राप्त गरेका छन् ।धौलागिरी बहुमुखी क्याप्पसको प्रङगणमा आयोजित चंगा चेट प्रतियोगितामा उमेश राजभण्डारी प्रथम भएका छन् ।
प्रतियोगितामा राजभण्डारीले अर्का प्रतिस्पर्धी एकराज शर्मालाई दोस्रोमा सीमित गरीदिएका थिए । प्रतियोगितामा विकास ठकुरी र जित काउचाले शान्त्वना पुरस्कार पाउन सफल भएका छन ।
संस्कृति जर्गेना गर्न र कोरोना महामारीको कारण घरमै बस्न बाध्य भएका युवा पुस्तामा मनोरञ्जन प्रैदान गर्न कार्याक्रम आयोजना गरेको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले बताए ।













































































































































































































