१६ बैशाख २०८१, आईतवार

 

सुनको मूल्य फेरि घट्यो

साताको शुरुवातदेखि सुन र चाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । शुक्रवारको तुलनामा आइतबार ६ सय रुपैयाँले ओरालो लागेको छापावाल सुन सोमबार पुनः ७ सय रुपैयाँले ओरालो लागेको छ ।

सोमवार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइबार ९० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन पनि आइबारको तुलनामा ७ सय रुपैयाँले घटेर ८९ हजार ५ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

आइतबारको तुलनामा सोमबार चाँदी ३० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्