सरकारले देशलाई ठुलो राजनैतिक संकटमा धकेलेको छ । अर्मयादी राजनैतिक खिचातानिले गर्दा जनतामा घोर निरासा छाएको छ ।
मुलुक आर्थिक अनियमिताको दलदलमा फसेको र दिशाहिन भएको राप्रपाका वरिष्ठ नेता दिल विकास राजभण्डारीले बताए ।
त्यसैले देशमा राजसंस्था,हिन्दु धर्म र राष्ट्रवादी शक्तिहरुको आवश्यकता र एकता झनै बढेर गएको वरिष्ठ नेता राजभण्डारीले नयाँ विश्वलाई बताए ।
देश र जनतालाई सहि दिशा दिन र राष्ट्रवादी शक्तिहरुलाई एक ठाउँमा ल्याउँन आफूले यस आन्दोलनलाई तार्किक निष्कर्शमा पुर्याउन आन्दोलनको नेतृत्व गरेको वरिष्ठ नेता दिल विकास राजभण्डारीले भने ।
देशमा राष्ट्रवादी शक्तिहरु विभाजित अवस्था छन । जनताले फेरि देश जोगाउन देशभक्तहरुको आवश्यकता र नेतृत्वको खाचो महसुस गरेको छ ।
हाम्रो देशको इतिहास हेर्ने हो भने हरेक संकटको बेला देशभक्तहरुले मुलुकलाई देश भित्र र बाहिरका शत्रुहरुसँग जोगाउने र समाजमा स्थिरता दिएको गरेको तथ्य हामी सबैलाई थाहा नै छ ।
यहिले फेरि देश र जनतालाई सहि राजनैतिक गन्तव्य दिन मैले देशभक्तहरुलाई एक ठाउँमा ल्याउन र मुलुकलाई समृद्ध बनाउन लागि परेको छु वरिष्ठ नेता राजभण्डारीले बताए ।
राप्रपाका वरिष्ठ नेता दिल विकास राजभण्डारी सामाजिक,धार्मिक,शैक्षिक र मानविय सेवा समेत सक्रिय छन् ।

हिन्दु राष्ट्र र राजतन्त्र पुनस् स्थापनाको माग गर्दै काठमाडौंमा विभिन्न ठाउँहरुमा भएको बृहत् प्रदर्शन राप्रपाका वरिष्ठ नेता दिल विकास राजभण्डारीले नेतृत्व गरेका थिए । राजसंस्था पक्षधरहरुले जुलुस निकाल्दै ‘गणतन्त्र र संघीयता’ खारेज गर्न माग गरेका हुन् ।
उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र धोका हो’ लगायतका नारा लगाएका थिए ।
जुलुसमा सहभागी केहीले प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि नारा लगाएका थिए । माइतीघर मण्डलबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा सहभागी केहीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको तस्विबर अंकित टिसर्ट पनि लगाएका थिए । काठमाडौं, भक्तपुर र ललितपुरबाट जुलुसमा सहभागी हुन राजसंस्था समर्थकहरु आइपुगेका थिए ।
कार्यक्रम आयोजकले सामाजिक दूरी कायम गर्न र मास्कको प्रयोग गर्न पटकपटक सचेत गराए पनि उनीहरुले त्यसलाई बेवास्ता गरेका थिए ।
राजसंस्था पुनस् स्थापनाको माग गर्दै देशका मुख्य–मुख्य सहरहरूमा प्रदर्शन भइरहेको छ । सोही क्रममा काठमाडौंमा पनि उनीहरुले जुलुस निकालेका हुन् ।













































































































































































































