१७ बैशाख २०८१, सोमबार

 

महिला हित बचत तथा ऋण सहकारीको १९ औं साधारण सभा सम्पन्न, शेयर पूँजी २ करोड ४६ लाख पुग्यो

महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार संस्थाले बागलुङ बजारमा १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

महिला हित सहकार्री शहर र गाउँमा रहेको विपन्न र अशिक्षित महिलाहरुलाई सहकारी अभियानमा सहभागि गराएर उनीहरुको आर्थिक र सामाजिक जिवनमा परिवर्तको गर्नको लागि केन्द्रीत हुने महिला हित सहकारीकी अध्यक्ष लिला देवी खड्काले बताइन् ।

हामी निकट भविष्यमा आफनै भवनबाट अझ प्रभावकारी सेवा दिन लागेका र शेयर सदस्यको दिगो आर्थिक विकास र महिलाहरुको शसक्तिकरणमा महिला हित सहकारी क्रियाशिल हुने अध्यक्ष खड्काले भनिन् ।

साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट एकल महिला व्यवसायी प्यारी किसान, उत्कृष्ट एकल महिला हिराकुमारी क्षेत्री, उत्कृष्ट असल ऋणी तारा पौडेल, उत्कृष्ट दिर्घकालीन बचतकर्ता कविता शाक्य, उत्कृष्ट मासिक बचतकर्ता कमला थापा शर्मा, उत्कृष्ट दैनिक बचतकर्ता राजिता के.सीलाई सम्मान गरेको छ ।

यस्तै, उत्कृष्ट कर्मचारी सुष्मा मल्ल, उत्कृष्ट चल्ती बचतकर्ता सीता बोगटी, उत्कृष्ट बाल बचतकर्ता रोश्ना खड्का, उत्कृष्ट रेमिटान्स काराबारी मनकुमारी थापा, उत्कृष्ट विद्यार्थी (सरकारी विद्यालय) प्रवेश पराजुली, उत्कृष्ट विद्यार्थी (निजी विद्यालय) आयुष्मा बोहरालाई पनि सम्मान गरेको छ ।

२०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।

२५ जना महिलाको २५ सय रुपैयाँ सेयर पुँजीबाट शुरु भएको संस्थामा हाल १ हजार ८० सेयर सदस्य रहेका छन् । सहकारीको २ करोड ४६ लाख ८३ हजार रुपैयाँ सेयर पुँजी छ ।

सहकारीले संस्थाका शेयर सदस्यको क्षमता अभिवृद्धि र आय आर्जनमा सहयोग पृुगोस भनि प्रौढ कक्षा, ब्युटिपार्लर,अचार बनाउने तालिमदेखि बालशिक्षा, लैंगिक हिंसा न्यूनीकरणसम्मका ४७ वटा तालिम सञ्चालन गरिसकेको छ ।

यसै गरी संस्थामा ८ करोड १९ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी र ८ करोड ३६ लाख ५० हजार ७४ रुपैयाँ बचत रहेको संस्थाकी प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिइन् ।

सहकारीले संस्थाका शेयर सदस्यको क्षमता अभिवृद्धि र आय आर्जनमा सहयोग पृुगोस भनि प्रौढ कक्षा, ब्युटिपार्लर,अचार बनाउने तालिमदेखि बालशिक्षा, लैंगिक हिंसा न्यूनीकरणसम्मका ४७ वटा तालिम सञ्चालन गरिसकेको छ ।

संस्थाले शेयर सदस्यलाई सक्षम र आत्म निर्भर बनाउनका लागि सहकारी शिक्षा, व्यवसायिक तथा आय–मुलक तालिम, लैङ्गिक हिंसाविरुद्ध १४ वटै वडाहरुमा सचेतना कार्यक्रम आयोजन गर्ने गरेको शिक्षा समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष लक्ष्मी जिसी केसीले प्रतिवेदनमार्फत व्यक्त गरे ।

मंसिर १९ बाट २५ गतेसम्म सञ्चालन गरिएको साधारण सभामा सचिव सावित्री केसीद्वारा प्रगती प्रतिवेदन, लेखासमिति संयोजक सुमन बास्कोटाद्वारा लेखा प्रतिवेदन, शिक्षा समिति संयोजक लक्ष्मी जिसी केसीद्वारा शिक्षा प्रतिवेदन र आय ब्यय र प्रगति प्रतिवेदन प्रवन्धक चन्द्रा कार्कीले प्रस्तुत गरेकी थिइन् ।

प्रतिनिधीको तर्फबाट रेवती किसान, तारामाया श्रेष्ठ त्यस्तै सम्मानित आयुष्मा बोहरा र सल्लाहकार खड्क कुमारी खड्काले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम संस्थाका ज्येष्ठ सदस्य धनमाया कार्कीको प्रमुख आतिथ्यता, अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्