१७ बैशाख २०८१, सोमबार

 

लैंगिक हिंसा विरुद्धको सचेतना कार्याक्रम सम्पन्न

लायन्स क्लब अफ नेपालगंज बागेश्वरी,लायन्स क्लब अफ नेपालगंज भेरी, लायन्स क्लब अफ नेपालगंज वाटरपार्क, महिला कानुन र विकास मंच र सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको संयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्ध सचेतना कार्याक्रम सम्पन्न भएको छ ।

लैगिंक हिंसा कम गर्नको लागि कानुनमा सुधार गर्नुको साथै सामाजिक शैक्षिक सचेतनाको पनि आवश्यकता भएको नेपाल वार एशोसियसनका उपाध्यक्ष तथा अधिवक्ता सुनिल कुमार श्रेष्ठले बताए ।

कार्याक्रममा अधिवक्ता झनकार रावल,अधिवक्ता लोक बहादुर शाह अधिवक्ता विश्वजित तिवारी,अधिवक्ता बसन्त गौतम, लायन्स क्लब अफ नेपालगंज बागेश्वरकी अध्यक्ष बेदना राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ नेपालगंज बागेश्वरीकी अध्यक्ष बेदना राजभण्डारीको अध्यक्षता, ध्वजा अभिवादन लायन्स क्लब अफ नेपालगंज वाटरपार्ककी अध्यक्ष विना खड्का, स्वागत लायन्स क्लब अफ नेपालगंज भेरीकी मम्मु श्रेष्ठ र संचालन लायन्स क्लब अफ नेपालगंज बागेश्वरीकी सचिव तिमिला श्रेष्ठ ,अधिवक्ता बल बहादुर चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्