१५ कार्तिक २०८३, शनिबार

 

जेष्ठ नागरिकको उपचार र बालबालिकालाई अध्ययन गराउन ट्रष्ट स्थापना

समाजमा रहेका जेष्ठ नागरिकको स्वास्थ्यपोचार र बालबालिकाको अध्ययन अध्यापनमा सहयोग गर्ने उद्देश्यले बागलुङमा मेमोरियल ट्रष्ट स्थापना गरिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ का समाजसेवी महेन्द्र राजभण्डारी, रामकुमार राजभण्डारी, रामकुमार राजभण्डारी, महेश कुमार राजभण्डारी र दुर्वल काजी राजभण्डारीले आफ्ना मातापिताको स्मृतिमा मेमोरियल ट्रष्ट घोषणा गरेका हुन् ।

दोर्ण –पध्म– प्रेम मेमोरियल ट्रष्ट राजभण्डारी बागलुङको घोषणा गरिएको छ । ट्रष्टका लागि १ लाख रूपैयाँको चेक ट्रष्टका संरक्षक रामकुमार राजभण्डारीले अध्यक्ष काजी रोशनलाई हस्तान्तरण गरेका छन् । ३ वर्षभित्र कोषमा ५ लाख पुर्‍याउने योजना रहेको संरक्षक राजभण्डारीले सुनाए ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, दोर्ण – पध्म – प्रेम राजभण्डारी मेमोरियल ट्रष्टका संरक्षक रामकुमार राजभण्डारी, सदस्य अशोक गोविन्द राजभण्डारी, विजया राजभण्डारी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीलगायतले ट्रष्ट गठन गरेर समाजमा नयाँ उदाहरणीय कामको शुरूवात भएको बताएका छन् ।

कार्यक्रममा साहित्यकार काजी रोशनको अध्यक्षता, महेन्द्र कुमार राजभण्डारी स्वागत मन्तब्य र दुर्वल काजी राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung