१८ भाद्र २०८३, बिहीबार

 

एप्टेराले ल्यायो घामबाट चार्ज हुने गाडी

अमेरिकी कम्पनी एप्टेरा प्याराडिजिमले घामबाट चार्ज हुने गाडी सार्वजनिक गरेको छ ।

यो गाडी पूर्ण चार्ज हुँदा १६ सय किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छ । यो गाडीलाई सौर्य शक्ति सोस्न सक्ने गरी डिजाईन गरिएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ । ३ वटा पांग्रा भएको यो गाडी हेर्दा सानो जेटजस्तो देखिन्छ । यसमा दुईवटा सिट जडान गरिएको छ ।

यो गाडी २५ किलोवाट आवरदेखि १ सय किलोवाट आवरसम्मको ब्याट्री प्याकमा उपलब्ध छ । त्यस्तै यो १ सय किलोवाटको फ्रन्ट ह्विल ड्राइभ र १ सय ५० किलोवाटको अल ह्विल ड्राइभ अप्सनमा उपलब्ध छ ।

एप्टेरा प्याराडिजिम गाडीका विभिन्न अप्सनले १ सय ३४ विपिएच देखि २ सय १ विपिएच पावर जेनेरेट गर्न सक्ने बताइएको छ । त्यस्तै यसले ०.५ सेकेन्डमा शून्यदेखि १ सय किलोमिटरसम्मको रफ्तार पकड्न सक्छ भने यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung