२२ बैशाख २०८१, शनिबार

 

मौसम : आज यी ठाउँमा पानी पर्ने सम्भावना

पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर सामान्य बदली रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार सोमबार दिउँसो र राति देशका केही भागमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकोको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन पनि विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

त्यस्तै विभागले बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही कमी आउने भएकाले चिसो बढ्ने सम्भावना रहेकाले यसबाट जोगिन सबैलाई अनुरोध गरेको छ ।

गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्