उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदै आएका न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो ।
उदयपुर सिमेन्ट उद्योग नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –११ जलजलेको बनक्षेत्रमा अवस्थित छ भने आवश्यक चुनढुङ्गा जिल्लाकै उत्तरी भेगको सुकौराबाट रोपवेमार्फत ढुवानी गर्न पूर्वाधारहरु बनाइएको छ।
एसियाकै ठूलो मध्येको एक भनिएको यस सिमेन्ट उद्योग चरम राजनीतिक हस्तक्षेप र चरम भ्रष्ट व्यवस्थापनले अधोगतिको यात्रा तय गर्दै गरेको उद्योग हो । उद्योगका लागि आवश्यक चुनढुङ्गा जिल्लाकै उत्तरी भेगको सुकौराबाट रोपवे मार्फत ढुवानी गरिदै आएकोमा सञ्चालन असक्षमताका कारण उक्त रोपवे बिग्री रहने र समयमा मर्मत नगर्ने परिपाटीका कारण प्राय भाडाका ट्रक मर्फट खानिबाट ढुङ्गा ढुवानी हुँदै आएको छ ।
यस उद्योगको उत्पादन गैडा छाप सिमेन्ट उच्च गुणस्तरको हुने भएकोले ग्राहकले सम्भव भएसम्म सोही सिमेन्टको खोजी गर्ने तर उत्पादन पूर्ण क्षमतामा नहुने बिडम्बना छ । केही समय उक्त उद्योग नाफामा सञ्चालन भए पनि पछिल्लो समय भने घाटामा चलिरहेको छ । लामो समयसम्म विभिन्न उद्योग व्यवसायमा सफलता प्राप्त गरेका न्यौपानेको आगमनपछि भने उद्योग नाफामा जाने विश्वाास गरिएको छ ।
















































































































































































