१९ भाद्र २०८३, शुक्रबार

 

सरकारले कोरोना प्रभावित व्यवसायीलाई विना ब्याज ऋण दिने, ऋण लिने प्रक्रिया यस्ता छन्

गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित भएका उद्यमी व्यवसायीलाई ब्याज नलिइकन ऋण उपलब्ध गराउने भएको छ ।

५० लाख र त्यसभन्दा कम कारोबार भएका उद्यमी व्यवसायीले यही माघ २१ गतेदेखि फागुन २० गतेसम्म कागजातसहित निवेदन पेस गर्न सकिने गण्डकी प्रदेश सरकारले सूचनामार्फत जनाएको छ ।

कोरोनाले प्रभावित भएका क्षेत्रहरु लघु, घरेलु तथा साना उद्यम अन्तर्गतका व्यवसायहरु, साना पर्यटन व्यवसाय, साना यातायात व्यवसाय, र सेवामूलक व्यवसाय गर्नेहरुले यो ऋण पाउनेछन् ।

विना ब्याजको ऋण पाउनका लागि गण्डकी प्रदेशभित्र उद्यम, व्यवसाय सञ्चालन गरेको नेपाली नागरिक हुनुपर्ने, बैंक कसुरअन्तर्गत कारबाही नभएको, कालो सूचीमा नपरेको, स्थायी लेखा नम्बर लिएको लगायत हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung