काभ्रेको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बीदा दिने निर्णय गरेको छ । ल्होछारमा सार्वजनिक बीदा दिने निर्णय शुक्रबार सम्पन्न गाउँसभाले गरेको हो ।
सार्वजनिक विदा माघ २९, ३० र फाल्गुण १ गते दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा ३ नं। वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिए । तामाङ समुदायको बहुल्यता रहेको यस गाउँपालिकामा यो वर्षदेखि ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।













































































































































































































