३० बैशाख २०८२, मंगलवार

 

निसानको नयाँ कार म्याग्नाइट नेपाली बजारमा, यस्ता छन् फिचर

विश्वको छैटौं ठूलो कार उत्पादक निसानको नयाँ कार म्याग्नाइट नेपाली बजारमा सार्वजनिक गरिएको छ । म्याग्नाइटसँगै नेपालमा निसानको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ । म्याग्नाइटबाटै निसानले आफ्नो नयाँ लोगोलाई बजारमा पठाएको हो ।

नयाँ एसयूभी म्याग्नाइटका विभिन्न ११ भेरियन्ट नेपाल ल्याइने भएको छ । नयाँ एसयूभी म्याग्नाइट सार्वजनिक गर्दै पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले नयाँ निसान म्याग्नाइट नेपाली बजारमा कोसे ढुंगा बन्ने बताए ।

उनले ग्राहकका लागि बिग, बोल्ड, ब्युटिफुल र ‘क्यारिजम्याटिक’ सहितको फिचरमा नयाँ निसान म्याग्नाइट बजारमा ल्याइएको जानकारी दिए ।

त्यस्तै, निसान मोटर इन्डियाका साउथ एसिया बिजनेस हेड रघुनाथ नायरले निसान म्याग्नाइटले नेपाली र विश्व बजारका लागि नयाँ रणनीतिमा नयाँ अध्यायको सुरुवात भएको बताए । मूल्य, लुक्स र पर्फेमेन्सका हिसाबले म्याग्नाइट नेपाली सडकका लागि उपयुक्त हुने उनको भनाइ छ । म्याग्नाइटको १ दशमलव ० नेचुरल एस्पायर्ड इन्जिनमा ६ भेरियन्ट र टर्बो इन्जिनमा ५ भेरियन्ट नेपाल ल्याएको हो । कम्पनीले नेचुरल एस्पायर्डमा एक्सई, एक्सएल, एक्सभी अपर मोनो, एक्सभी ड्युल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युल कलरमा ल्याउने भएको छ ।

१ दशमलव ० टर्बो इन्जिनमा एक्सएल मिड, एक्सभी अपर मोनो, एक्सभी ड्युल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युल कलर भेरियन्ट उपलब्ध रहेको छ । कम्पनीले यसको सुरुवाती भेरियन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरियन्ट टर्बो इन्जिनसहितको एक्सभी प्रिमियम ड्युलको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

निसान म्याग्नाइटमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, मोबाइल होल्डरको साथ रियर आर्मरेस्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेसनजस्ता फिचर पाउन सकिन्छ । कारका लाइटहरू सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ ।

सेग्मेन्टमा नै पहिलो पटक उपलब्ध ३६० डिग्री क्यामेराले ग्राहकलाई लोभ्याउने छ । यसमा १ दशमलव ० लिटर पेट्रोल र १ दशमलव ० लिटर टर्बो पेट्रोल इन्जिन छ । यसमा ५ स्पिड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध छ । सानो इन्जिनका कारण यसको मूल्य सेग्मेन्टमा नै अहिलेसम्मकै सबैभन्दा कम रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung