१५ कार्तिक २०८३, शनिबार

 

घरको आगनबाटै मोटरसाईकल चोरी

बागलुङ नगरपालिका–३ रातमाटामा पार्किङमा राखिएको मोटरसाइकल घरबाटै चोरी भएको छ ।रातामाटा जिम्मालथरबाट अजित सापकोटाको नाममा रहेको ध १ प ९३४६ नम्बरको टु ट्वान्टी मोटरसाईकल घरबाटै हराएको छ ।

गत चैत्र २३ गते राती घरबाटै हराएको मोटसाईकल खोजी कार्य गर्दा समेत नभेटिएको सवारी धनी अजित सापकोटाले जानकारी दिनुभयो । घरकै आगनमा राखेको मोटरसाईकल रातीको समयमा चोरी भएको हो ।

सबै ट्राफिक कार्यालयमा मोटसाईकल हराएको जानकारी दिएको र खोजी कार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इकबाल हवारीले जानकारी दिनुभयो । केही समय पहिला बागलुङ बजारको जिप पार्क वाट दिपक कडेलेको पनि आफ्नै पसल अगाडी राखेको समयमा रातीको समयमा चोरी भएको भएपनि अझै फेला परेको छैन ।

बागलुङ बजारमा हुने चोरीका घटनाको अनुसन्धान गर्न सहज होस भन्ने उदेश्यले जडान गरेका सिसि क्यामेरा मर्मतमा नगरपालिकाले चासो नदिदा अनुसन्धानमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung