४ श्रावण २०८३, सोमबार

 

वैशाखभर काठमाडौं उपत्यकामा लकडाउन

मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ। सोमबार काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । प्रशासनले बैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लगाएको हो ।

तर मन्त्रिपरिषद्को बैठकले भने थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ । त्यसैले बिहीबारदेखि जारी हुने निषेधाज्ञा १५ दिनसम्म पुग्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले १५ दिनसम्म निषेधाज्ञा गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

‘विभिन्न मापदण्डहरू तयार गरेर १५ दिनसम्म निषेधाज्ञा गर्न सकिन्छ भन्ने निर्णय गरेका छौँ। स्थानीय प्रशासनलाई नै अधिकार समेत दिएको छ। सात दिनको ठाउँमा १५ दिनसम्म गर्न सकिन्छ भनेका हौँ,’ मन्त्री त्रिपाठीले भने।

पहाड तथा हिमाली क्षेत्रको हकमा २०० सक्रिय कोरोना सङ्क्रमित भए निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ। ठूला शहरहरूमा ५ सय सक्रिय सङ्क्रमित भए निषेधाज्ञा गर्न अधिकार दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung