६ जेष्ठ २०८१, आईतवार

 

भारतमा उपचार नपाएर स्वदेश फर्किदै गरेका दुई नेपालीको बाटोमै मृत्यु

भारतमा उपचार नपाएर उपचारका लागि नेपाल ल्याउने क्रममा दुई जना नेपालीले उत्तर प्रदेशमा ज्यान गुमाएका छन् ।

भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौतारिँदा अक्सिजन र बेड नपाएपछि उनीहरुलाई उपचारका लागि नेपाल ल्याइँदै थियो ।

कोभिड संक्रमित दुई प्रवासी नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको बाटोमै निधन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ।

हरि रौला दिल्लीको पहाडगन्जमा रामराजा होटलका सन्चालक हुन् । त्यस्तै मोनज भट्ट प्रवासी नेपालीहरुबीच सामाजिक अभियन्ताका रुपमा परिचित थिए ।

उनीहरु दुवैजनाको कोभिडको उपचार नपाएका कारण उत्तर प्रदेशको मुरादाबादमा निधन भएको खड्काले बताएका छन् ।

उनका अनुसार भारतमा स्वास्थ्य प्रणाली अत्यन्तै खराब छ र प्रवासी नेपालीहरुको अवस्था वेहाल छ । दिल्ली लगायत कतै पनि अस्पतालमा अक्सिजन र बेड पाइने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्