३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना, एक जनाको मृत्यु, दुई जना घाइते

बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मंगलबार साँझ पोखराबाट प्याङ्खोला जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । उनका अनुसार प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइदै गरेको प्रमुख वन्तले नयाँ विश्वलाई जानकारी दिए ।

बागलुङ ढोरपाटन दुर्घटना अपडेट : चालकसहित दुई जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्