३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ ढोरपाटन दुर्घटना अपडेट : चालकसहित दुई जनाको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना महिला घाइते भएकी छन् ।

मंगलबार साँझ पोखराबाट प्याङ्खोला जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विक र चालक बडिगाड गाउँपालिका–५ का ढालबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

उनका अनुसार चालकलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा प्याङखोलाकी रतिकला विक घाइते भएकी छन् । उनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खोज्ने काम भइरहेको प्रहरी निरीक्षक वन्तले नयाँ विश्वालाई जानकारी दिए ।

अपडेट

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना, एक जनाको मृत्यु, दुई जना घाइते

प्रतिक्रिया दिनुहोस्