
बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेल स्वास्थ्य सामग्री लिएर निर्वाचन क्षेत्रमा पुगेका छन् । कोभिड–१९ को महामारीका बेला सांसद पौडेल अत्यावश्यक स्वास्थ्य सामग्री लिएर बागलुङको पश्चिम क्षेत्र पुगेका हुन् ।
नयाँ विश्वसँग कुराकानी गर्दै सांसद पौडेलले जनताको जीवन रक्षाका लागि आफू सधैं जनतामाझ रहेको बताउँदै आवश्यकता अनुसार थप स्वास्थ्य सामग्री लैजाने बताए ।
‘गाडीमा अटाएजति सामान ल्याएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बुझाएका छौं,’ उनले भने, ‘अन्य पालिकासँग छलफल एवम् आइशोलेसन निरीक्षणको काम भइरहेको छ, आवश्यकता अनुसार थप सामग्री फेरि ल्याउँछौं ।’
मंगलबार बागलुङ पुगेका सांसद पौडेल बुधबार गलकोट हरिचौर स्वास्थ्य चौकी, निसीखोला गाउँपालिकाको अस्थायी कोभिड अस्पताल, ढोरपाटन नगरपालिकाको आइशोलेसन बेडको अनुगमन एवम् जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले सांसद पौडेल महामारीमा स्वास्थ्य सामग्री ल्याएर आउनु जनताप्रति उत्तरदायि भएको बताए ।
सांसद पौडेलले, माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्सलगायत अन्य औषधिसहित ३२ प्रकारका सामग्री प्राथमिक स्वास्थ्य केन्द्रमा बुझिएको ढोरपाटन नगरपालिका–१ का वडाध्यक्ष चित्रबहादुर भण्डारीले बताए ।
‘माननीयले ज्यूले अत्यावश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ, आवश्यकता अनुसार थप गर्छु भन्ने बचन दिनुभएको छ । उहाँले व्यक्तिगत दिएको भन्नुभएको छ ।’ उनले भने