४ श्रावण २०८३, सोमबार

 

बागलुङ–अस्ट्रेलिया कम्युनिटीले धौलागिरि अस्पताललाई एम्बुलेन्स पठाउँदै

बागलुङ–अस्ट्रेलिया कम्युनिटीले धौलागिरि अस्पताललाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । कोरोनाको दोस्रो लहरसँगै अस्पतालमा चाप बढिरहँदा बिरामी लैजान सहज होस् भनेर एम्बुलेन्स सहयोग गर्न लागेको कम्युनिटीका उपाध्यक्ष विकास सापकोटाले बताए ।

अस्टेलियामा अध्ययरत विद्यार्थी, व्यवसायी र समाजसेवीसँग २८ लाख ५० हजार रुपैयाँ संकलन गरेर सुविधासम्पन्स एम्बुलेन्स खरिद गर्न लागिएको उनले उनले नयाँ विश्वलाई जानकारी दिए ।

‘यसमा म्याग्दी र पर्वत जिल्लाबाट विद्यार्थी, व्यवसायी र समाजसेवीहरूको पनि सहयोग छ,’ उनले भने, ‘अभियानमा मन्दुवेरा नेपलिज कम्युनिटी क्युन्सल्यान्ड र जय नेपाल फाउन्डेसनको पनि साथ छ ।’

आफू जन्मेको ठाउँलाई स्वास्थ्य–संकट पर्दा सानो भए पनि सहयोग होस् भनेर अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउन लागिएको अन्तर्राष्ट्रिय बागलुङ समाजका उपाध्यक्ष सुमन विष्टले बताए ।

बागलुङ–अस्ट्रेलिया कम्युनिटीले स्थापना कालदेखि शैक्षिक,जनस्वास्थ्य,मानविय र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung