
स्याकार ट्रेडिङ कम्पनीले होन्डाको बहुप्रतीक्षित सीबी ३५० डीएलएक्स मोटरसाइकल नेपालमा ल्याएको छ । कम्पनीका अध्यक्ष सौरभ ज्योतिले युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत उक्त बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरेका हुन् ।
होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकारले नेपालमा होन्डाको सीबी मोडलका बाइकहरूले विशेष पहिचान बनाएको जनाउँदै सीबी ३५० डीएलएक्सले पनि नेपाली बाइकरहरूको मनमा स्थान बनाउने विश्वास व्यक्त गरेको छ ।
कम्पनीका अनुसार नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने बाइक पारखीहरूका लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन छ ।
मोडर्न फिचरहरूले भरिपूर्ण बाइक प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्ल्याक गरी ३ रंगमा उपलब्ध छ ।
रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कनसोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरामदायी सिट बाइकका विशेषता हुन् ।
नेपाली बजारमा सीवी ३५० डीएलएक्सको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।