२१ जेष्ठ २०८३, बिहीबार

 

जापानको निसान लिफ विद्युतीय कार नेपाली बजारमा आउँदै

जापानको चर्चित ब्रान्ड निसानको ‘निसान लिफ’ विद्युतीय कार नेपाली बजारमा अगस्टबाट आउने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार नेपालमा एउटा मात्रै भेरियन्ट आउनेछ ।

नेपाल भित्रिन लागेको निसान लिफ ‘पुल अप्सन’ कार हो । तर, उत्पादकले तीनवटा भेरियन्ट उत्पादन गरेको मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले बताए ।

पायोनियर मोटोकर्पले पहिलो चरणमा १ सयभन्दा बढी निसान लिफ भित्र्याउँदै छ । ती कार सुरुमा काठमाडौंमा चलाइनेछन् । त्यसपछि नारायणघाट, पोखरा, बुटवललगायत ठाउँमा पनि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

जापानले सन् २०१० देखि बजारमा ल्याएको निसान लिफ गाडी युरोपमा धेरै लोकप्रिय बनेको छ । हालसम्म सो गाडीको प्रयोग ५० भन्दा बढी देशमा रहेको चन्दको भनाइ छ ।

निसानको आरिया ९एसीबी० पनि छ । तर, अगस्टदेखि नेपालमा क्रस ओभर भित्रिँदै छ । आरिया एसीबी भने नेपालमा आउन अझै केही समय लाग्ने कम्पनीले जनाएको छ ।

उक्त विद्युतीय कारमा ४० किलोवाट ब्याट्री र ११० किलोवाटको मोटर छ । गाडी चार्ज गर्नका लागि दुईवटा तरिका अपनाउन सकिन्छ । कम्पनीका अनुसार, एकपटक फुल चार्ज गर्नका लागि होम चार्जिङमा १८ घण्टा र फास्ट चार्जिङमा आधाभन्दा कम अर्थात् ७ घण्टा ३० मिनेट लाग्छ ।

गाडीमा चार्ज फुल भएपछि ४ सय किलोमिटरसम्म गुड्ने क्षमता छ । चार्जिङ स्टेसनका लागि सातदोबाटो र थापाथलीमा सर्भिस सेन्टरको तयारी भइसकेको छ ।

अन्य ठाउँमा भने सहजता हेरेर स्टेसन राखिने चन्दले बताए । नेपाल भित्रिन लागेको गाडीमा जिरो फेटालिटी, जिरो एमिसन तथा सी सेग्मेन साइजजस्ता विशेषता छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung