३ जेष्ठ २०८१, बिहीबार

 

पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, ५ जना घाइते

पहिरोले घर पुरिँदा तनहुँ बन्दीपुरमा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती थापा र हरिमाया नेपालीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

घटनास्थलमा गाउँलेले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भइरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

‘सडक भत्किएकाले घटनास्थलमा पुग्न अहिले कठिनाइ भइरहेको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीको टोली घटनास्थल जाँदैछ।’ घाइतेमध्ये एक जनालाई अस्पताल लगिएको र अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।
प्रहरीका अनुसार राति परेको वर्षाले दुई भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस्