३ जेष्ठ २०८१, बिहीबार

 

गुडिरहेको एम्बुलेन्सलाई बाढीले बगायो, विरामीको मृत्यु

कास्कीको मादी गाउँपालिकामा विरामी बोकेको एम्बुलेन्सलाई बाढीले बगाएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्सलाई खहरे खोलामा आएको बाडीले बगाउँदा विरामीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

‘मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो हो त्यो । खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ उनले भने, ‘चालकले भागेर ज्यान जोगाए । आमाको घटनास्थलमै मृत्यु भयो ।’

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्