३ जेष्ठ २०८१, बिहीबार

 

बैतडीमा जिप दुर्घटना, दुईको मृत्यु, ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । सिगास गाउँपालिका ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिह धामी र ४० वर्षीय गौमती साउदको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

प्रतिक्रिया दिनुहोस्