१५ कार्तिक २०८३, शनिबार

 

शान्तिपुरबाट तम्घास जाँदै गरेको जीप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका –४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

जीप गुल्मीको शान्तिपुरबाट तम्घास जाँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung