२१ बैशाख २०८१, शुक्रबार

 

सुनको मूल्य फेरि घट्यो

सुनको मूल्य आज फेरि घटेको छ । गएको आइतबार तोलामा १५ सय रुपैयाँ र सोमबार एक हजार रुपैयाँले घटेको सुनको भाउ हिजो भने दुई सय रुपैयाँले बढेको थियो ।

आज फेरि तोलामा चार सय रुपैयाँले घटेर ८८ हजार ८ रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्