१५ कार्तिक २०८३, शनिबार

 

मानव सेवा आश्रमको भवन बनाउन व्यवसायी भारीले दिए ५० बोरा सिमेन्ट

बागलुङ नगरपालिकास्थित मानव सेवा आश्रमको भवन निर्माणमा सघाउने हातहरू थपिँदै गएका छन् । मानवीय सेवाको उद्देश्यले कसैले नगद त कसैले आवश्यक सामग्रीहरू दान गरिरहेका छन् ।

हालै मात्र बानपा–२ शिवधारा चोकनिवासी युवा व्यवसायी राजेश भारी र श्रीमती आशा राजभण्डारी भारीले ५० बोरा सिमेन्ट उपलब्ध गराएका छन् ।भारी ग्लास हाउसका प्रोप्राइटर तथा लायन्स क्वल अफ धौलागिरि,बागलुङका सचिव उनले आफ्नो जन्मदिनका अवसरमा आश्रमलाई सहयोग गरेका हुन् ।

मैले आश्रमको भवन निर्माणमा सहयोग पुगोस भनेर ३८ हजार ५ पाँच सय मूल्य बराबरको सिमेन्ट उपलब्ध गराएको भारी ग्लास हाउसका प्रोप्राइटर राजेश भारीले नयाँ विश्वलाई बताए ।

भारीले यसबाहेक मासिक रूपमा पनि आश्रमलाई आर्थिक सहयोग गर्दै आएको आश्रमकी संचालिका सुमिरा लामाले नयाँ विश्वलाई बताइन् ।उक्त सहयोगप्रति कृतज्ञता जनाउँदै आश्रमले भारी परिवारलाई धन्यवाद व्यक्त गरेको छ ।

‘प्रदेश सरकारबाट केही रकम त छुट्टिएको थियोे तर युवा व्यवसायी सरोजकुमार श्रेष्ठ र रमा श्रेष्ठले १ लाख ११ हजार रुपैयाँ र राजेश भारीबाट ५० बोरा ओपिसि सिमेन्ट यो भवन निर्माण कार्यका लागि पहिलो रकम र सामान हो,’ मानव सेवा आश्रमका अभिभावक शिव खड्काले भने, ‘हाम्रो सम्पूर्ण अभिभावक परिवार र आश्रम परिवारका तर्फबाट सम्पूर्ण श्रेष्ठ र भारी परिवारमा नमन।’

मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको आश्रमकी अभिभावक सरिता गौतमले बताइन् ।

बागलुङ नगरपालिका वडा नं ३ किनारा टोलमा रहेको आश्रममा ५३ जना बेसहारा नागरिकहरुले आश्रय लिएका छन् ।अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनि रहेको छ ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा गत आर्थिक वर्ष ७० लाखमा बि ब्लको पहिलो तला ढलान भएको आश्रमका अभिभावक शिव खड्काले जानकारी दिए ।यसको लागि गण्डकी प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।

आश्रमको भवन निर्माणको लागि २०७८,७९ नयाँ आर्थिक वर्षको लागि गण्डकी प्रदेशबाट ५० लाख र नगरपालिकाबाट १० लाख विनियोजन भएको आश्रमका अभिभावक तथा नयाँ विश्व डटकमका प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung