नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको नियुक्त बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दिएको उत्प्रेषण मुद्दामा मिसिल कागज झिकाउने आदेश भएको छ ।
मंगलवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन दिनभित्र मिसिल कागज झिकाउने आदेश दिएको हो ।
शाक्यले भदौ १ मा रिट निवेदन दिएका थिए । अदालतले कुलमान नियुक्तिको निर्णय, विद्युत प्राधिकरण सञ्चालक समितिको ८६९ औँ बैठकको निर्णय, रिट निवेदक शाक्य र विद्युत् प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाएर नियमानुसार पेश गर्न आदेश दिएको छ ।













































































































































































































