संखुवासभा सामूहिक हत्या प्रकरणमा ६ जनाको शव फरक–फरक स्थानमा भेटिएको छ । प्रहरीका अनुसरा उनीहरुको हत्या लखेटी लखेटी हत्या भएको हुन सक्ने बताएका छन् ।
घटनास्थलमा पुगेका सुरक्षाकर्मीका अनुसार तेजबहादुर कार्की सहित उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको छ ।
प्रहरीका नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि पट्टी दुई जना बच्चाको शव भेटिएको छ भने खोल्साबाट २५ मिटर पर पुरुषको शव भेटिएको छ ।
घरभित्र अर्की एक महिलाको शव भेटिएको छ । ‘ठाउँठाउँमा चप्पल पनि भेटिएका छन्, भाग्दा फुस्किएको हुनसक्छ’ एक अनुसन्धान अधिकृतले भने ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डीएसपी लालध्वज सुवेदीले आफू घटनास्थलतिर जाँदै गरेको बताउँदै हत्याको कारण हालसम्म नखुलेको बताए । ‘कुकुरसहितको टोली पुगेपछि जाँच गरेर मात्रै विस्तृत अनुसन्धान हुनेछ’ उनले भने ।
घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् ।













































































































































































































