४ श्रावण २०८३, सोमबार

 

संखुवासभा सामूहिक हत्या प्रकरण : पोस्टमार्टम रिपोर्टले के भन्छ ?

संखुवासभामा सामूहिक हत्या भएका ६ जनाको शव पोष्टमार्टम भएको छ । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान सुनसरीमा गरिएको पोस्टमार्टमका भुत्ते हतियारले हान्दा टाउको शरीरमा रगत जमेर मुत्यु भएको देखिएको छ ।

‘मुख्य कुरा बल्न्ड फोर्स भनेको छ, त्यो भनेको टाउकोमा रगत जमेर मृत्यु भएको भन्ने बुझिन्छ,’ ती एक प्रहरी अधिकारीले भने ।

काठमाडौंबाट गएको सीआईबी टोलीले पनि सुक्ष्म रूपमा अध्ययन अनुसन्धान गरिरहेको छ । अहिलेसम्मका त्यो टोलीले कुनै ठोस परिणाम ल्याउन भने सकेको छैन ।

अनुसन्धानमा खटिएका अधिकृतले हत्या बाहिरको व्यक्ति आएर नगरेको बताए । घटनाको प्रकृति हेर्दा चिनजानकै व्यक्तिले अन्य रिसइबीका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले लगाएको छ ।

हत्याराले उनीहरुको घरमा भएको ५ लाख रुपैयाँ र केही गरगहना समेत घरमै छाडेकाले प्रहरीले आर्थिक कारणले मात्रै उनीहरूको हत्या भएको भन्न नमिल्ने बताएको छ ।

अहिले प्रहरीले आर्थिक पाटो र व्यक्तिगत सम्बन्धको पाटोको अनुसन्धान गरिरहेको छ ।

सीआईबीका डीएसपी रुगम कुँवरको नेतृत्वमा ३ जना सदस्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदी, प्रदेश नम्बर १ प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसी र स्थानीय प्रहरीको टोली घटनास्थलमा छ ।

९३ वर्षीया हजुरआमा पार्वता कार्की, उनका छोरा तेजबहादुर कार्की, बुहारी मनमाया कार्की, नातिनीबुहारी रञ्जना कार्की, नाति दीप कार्की र नातिनी गोमा कार्कीको सोमवार राति हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung