पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा बम राखेर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले काठमाडौं र धादिङबाट पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए ।
भदौ २५ गते बम राखेर धादिङका २ जना र रोल्पा घर भएका एक युवाले आँखा अस्पतालका सञ्चालकसँग तीन करोड फिरौती मागेका थिए ।













































































































































































































