बागलुङ शाक्य खलः काठमाडौंले विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । शुक्रबार काठमाडौं आयोजित शुभकामना आदान प्रदानमा कार्यक्रममा मालश्री गायन, श्रवण संगीतमय कार्यक्रम पनि गरिएको छ ।
कार्यक्रममा वेतविकल शाक्य, मधु श्रेष्ठ, जिद्धिराज श्रेष्ठ, विक्रमराज शाक्यले प्रस्तुती दिएका थिए । शाक्य खलका अध्यक्ष युक्त शाक्यले कलाकारलाई खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बागलुङ, समाज कल्याण केन्द्र काठमाडौंका निर्वतमान अध्यक्ष विराटकुमार श्रेष्ठ, केन्द्रका पूर्व अध्यक्ष सत्रुधन श्रेष्ठ, बागलुङ जेसिसका पूर्व अध्यक्ष श्यामप्रसाद ओझा, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका उपाध्यक्ष स्वयम प्रकाश श्रेष्ठ, बागलुङ समाज महिला समूहकी उपाध्यक्ष सोनी श्रेष्ठ, निर्वतमान अध्यक्ष निर्मला श्रेष्ठ, धौलागिरि सहकारीका पूर्व अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, सदावहार सहकारीका अध्यक्ष किष्मतमणि श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष युक्त शाक्यको अध्यक्षता, सल्लाहकार वालकुमार शाक्यको स्वागत संस्थाका सचिव कविनन्द्रमान शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
























































































































































































































