४ श्रावण २०८३, सोमबार

 

केरा खुवाएर गर्भ तुहाएको भन्दै देवरले गरे भाउजुको हत्या*

महोत्तरी गाउँपालिका– ३ मडैका ४२ वर्षीय संजय कुमार झा अन्धविश्वासको कारण आफ्नै भाउजुको हत्या गरेको रहस्य खुलेको छ ।

अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेपछि संजयलाई महोत्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीका अनुसार संजयले असोज २७ गते राति भाउजु ४२ वर्षीया शिलादेवी झाको हत्या गरेका हुन् ।

टाउकोमा हतौडा प्रहार गरी हत्या गरिएको अवस्थामा शिलादेवीको शव असोज २८ गते घरमै फेला परेको थियो ।

तुनामुना गरी केरा खुवाएर श्रीमती रिंकु देवी झाको गर्भ तुहाएको र मार्ने प्रयास गरेको आरोपमा संजयले भाउजु शिलादेवीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्सपेक्टर रंजन मिश्रले जानकारी दिए ।

०७८ असारमा संजय र रिंकुवीच विवाह भएपछि शिलादेवीसंगै संगोलमा बस्थे उनीहरु । सो क्रममा एकदिन शिलादेवीले दिएको केरा रिंकुले खाइन् । सोही राति रिंकुको गर्भ तुहियो र बिरामी भइन् ।

घरमा निको हुने अबस्था नदेखेपछि संजयले श्रीमती रिंकुलाई उपचार गराउन जनकपुर लगे । तर अस्पतालमा उपचार गराउदा पनि उनी निको भइनन् । त्यसपछि धामी झाक्रीको सहारा लिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung