हिन्दु पञ्चाङ्ग(पात्रो)अनुसार आस्वीन शुक्लपक्षमा पर्ने पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ।यो दिनदेखि शीतकाल प्रारम्भ हुने भएको हुनाले यसलाई शरद पूर्णिमा भनेर पनि भन्ने गरिन्छ।
यो पूर्णिमा सधैं आस्वीन (कार्तिक) महिनामा पर्दछ। यस पूर्णिमाको अघिल्लो दिन बिष्णुप्रिया लक्ष्मी माताको जन्मदिन पनि परेको हुनाले यसको महत्व बढी हुन गएको छ।
पूर्णिमाको ब्र्त लिनेहरुले अघिल्ल्यै दिनदेखि ब्र्त प्रारम्भ गरी पूर्णिमाको दिन बेलुका चन्द्रोदय भएपछि पूर्णचन्द्रको बिधिपूर्बक दर्शन गरेर मात्र उक्त ब्र्तको बिसर्जन गर्नुपर्ने धार्मिक मान्यता छ।
यी दुबै दिनमा लक्ष्मी माताले धन(दौलत)को बर्षागर्ने र चन्द्रमाले यी दुबै रातमा चांदनीरुपी रोशन (शीतलता)को बर्षा गराउने मित्रको जनाइएको छ।
यस पूर्णिमाका राती लक्ष्मी माता धरतीमा को-को जाग्राम बसेका छन्,को-को जाग्राम बसेका छैनन् भन्ने कुराको चियो-चर्चो गर्दै हरेक परिवारका घर-घरै निरीक्षण गर्दै हिड्ने गर्छिन्,जो-जो जाग्राम बसेका हुन्छन् तिन-तिनलाई धनको बर्षा गराउंछिन् भन्ने धार्मिक बिस्वास छ।
यो पूर्णिमाका दिन यस धरतीमा(बिशेष गरी हिन्दु समाजमा)प्रायस्सबै घरहरुमा बत्ती बालेर झलमल्ल गरी जाग्राम बस्ने चलन छ र पूर्णिमाको नामपनि कोजाग्रत पूर्णिमा रहन गएको कारण पनि यहि हो भनेर भन्ने गरिन्छ।
कोजाग्रत पूर्णिमाले दशैं सकिएको र तीहार शुरु भएको संकेत गर्दछ।घटस्थापनाका दिन स्थापना गरिएका दुर्गा माता सम्बन्धिका सबै सामाग्रीहरु यस दिन बिसर्जन गरिन्छ र रातभरी अखण्ड बत्तीबाली माता लक्ष्मीको आह्वान गरिन्छ।
यस दिनको ठीक १६ दिनपछि लक्ष्मीपूजा पर्दछ।टाढा-टाढा रहेका आफ्ना आफन्तहरु बीच दशैंको टीका र जमरा,आशीर्बचन,शुभकामना आदान-प्रदान गर्ने अन्तिम दिन कोजाग्रत पूर्णिमालाई मानिएको छ।यस समयका पूर्णचन्द्रका चांदनीको हरेक द्रिष्टिले लाभदायक मानिन्छ।
यो राती खुला आकाशमा,या घरको छानामा खाद्य पदार्थहरु,फलफूलहरु,राखियो भने चन्द्रमाको शीतल चांदनीका प्रभावले गर्दा ती सबै बस्तुहरु पबित्र र पौष्टिक हुन्छन् भन्ने धार्मिक बिस्वास भएको हुनाले यो पूर्णिमाको राती हिन्दुहरु प्रायस् सबैले आ-आफ्ना घर-आगन,छत-छानामा खीर,नरीवलको पानी,बिभिन्न फलफूलहरु एबम् अन्य खाद्य पदार्थ सुकाउन राखेझैं गरी खुला आकाशमा राख्ने गर्दछन्।
यस रातको पूर्णचन्द्रको चांदनीलाई पन्ध्र-बीस मिनटसम्म खुला आखाले हेरेमा आखाको तेज र द्रिश्याबलोकन शक्ति बढ्नजान्छ भन्ने बिस्वास छ।यस पूर्णिमाका चन्द्रमाको चांदनीले धरतीमा हरेक बनस्पति,जन्तु(जनावर,खेतीपाती,आदिलाई अंरित सरहको अलौकिक बस्तुको बर्षागर्ने बर्णन गरिएको छ।
यसै पूर्णिमाका राती द्वापरयुगमा श्रीक्रिष्णले बिन्द्राबनमा गोपिनीहरुसंग राशलिला गरेका र त्यस रातको समयलाई लामो पारिदिएका हुनाले बर्षभरिका पूर्णिमाहरुसंगको तुलनामा यो पूर्णिमाको रातको समय लामो हुन्छ र चन्द्रमाको उज्यालोपना पनि बढी गाडा हुन्छ भन्ने भनाई छ।













































































































































































































