ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालले २० युनिटसम्मको बिजुली निःशुल्क दिने बताएकी छन्। काठमाडौंमा आयोजित महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने बताएकी हुन्।
कार्यक्रममा बोल्दै मन्त्री भुषालले डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल समेत लागू हुने बताइन्। महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने पनि बताइन्।
उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन्। मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पारिन्।













































































































































































































