शाक्य कल्याण समाज बागलुङको आयोजनामा नेपाल सम्बत ११४२ को शुभकामना आदानप्रदान स्वागत कार्यक्रम सम्पन्न भएको छ । शंखरधर साख्वाले चलाएको नेपालीहरूको मौलिक सम्बत नेपाल सम्वत ११४२ को अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल भाषा मंकाःखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी , नेपाल भाषा मंकाःखल बागलुङका पूर्वअध्यक्ष काजि गाउँले श्रेष्ठ,शाक्य कल्याण समाजका प्रधान संरक्षक कृष्णलाल शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम शाक्य कल्याण समाज बागलुङका उपाध्यक्ष राजन कुमार शाक्यको अध्यक्षता ,सल्लाहकार ईश्वरलाल बज्राचार्यको स्वागत र सचिव मञ्जुल शाक्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













































































































































































































