१९ बैशाख २०८१, बुधबार

 

एसिया कप क्रिकेटका खेलाडी छानिए

क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय टोली छनोट गरेको छ । डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले आइतरबा मात्रै सम्पन्न यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ ।

क्यानका अनुसार नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्नेछन् । एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका छ । उक्त प्रतियोगितामा नेपालसँगै आयोजक यूएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका,अफगानिस्तान र कुवेतको सहभागिता रहनेछ ।

बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीमा देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दीपेश कँडेल र अर्जुन यादव छन् ।

त्यसै गरी कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदिल अन्सारी छनोटमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्