८ जेष्ठ २०८१, मंगलवार

 

नयाँ वर्ष बजाज मोटरसाइकलको साथ

बागलुङ बजारमा बजाजको नयाँ नयाँ मोडेलको मोटरसाइकल भित्रिएको छ । बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेता शिव शक्ति अटो मोबाइलले नयाँ वर्षको अवसरमा विभिन्न सुविधासहित मोटरसाइकल बिक्री भइ रहेको शिव शक्ति अटो मोबाइलका प्रोपराइटर शिव शंकर शाहले नयाँ विश्वलाई बताए ।

नयाँ वर्षको सुभारम्भ नयाँ बजाज मोटरसाइकलका साथ भन्ने नाराका साथ बागलुङ नगरपालिका वडा नं १ रामरेखामा रहेको शिव शक्ति अटो मोबाइलको शोरुमा मोटरसाइकलको राम्रो बिक्री भइ रहेको छ ।

धेरै युवाहरुको रोजाइमा बजाजको बाइक रहेको छ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल एवं लोकप्रिय ब्रान्ड बजाजको आधिकारीक

बिक्रेता शिव शक्ति अटोमोबाइलले यही पौष २३ गतेसम्मको लागि नयाँ मोटरसाइकलको बिक्री र एक्सचेन्ज अफर संचालन गर्ने जनाएको छ ।‘ बजाजको मोटरसाइकलमा पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टि सहित फाइनन्सको व्यवस्था गरिरहेको सञ्चालक शाहको भनाइ छ ।

शिव शक्ति अटो मोबाइलमा सकेण्डहेन्ड बाइकमापनि फाइनन्सको सुविधा रहेको छ ।विभिन्न मोडेलको बजाज मोटरसाइकलको ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि सुन्य व्याजदर बाँकी किस्ताबन्दीको सुविधा रहेको छ। बजाजका बाइक एक लाख ६९ हजार ९ सयदेखि ५ लाख २९ हजार ९ सयसम्मका छन ।

कम्पनीले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य व्याजदरमा बाइक उपलब्ध गराइरहेको छ ।शिव शक्ति अटोमोबाइलले बागलुङ पहिलो पटक पुरानो बाइकको खरीदमा पनि फाइनासको सुविधा दिएको छ ।

अटो मोबाइलका सञ्चालक  शाहले बिग्रिएको र कामै नलाग्ने अवस्थाको मोटरसाइकल र स्कुटरलाई १० हजार रुपैयाँ दिने सक्ने बताए ।

कागजात सहि भएको मोटरसाइकल र स्कुटर प्रचलित बजार मूल्य भन्दा १० हजार रुपैयाँ थप गरी मुंल्याकन हुन्छ’ उनले भने, ‘कामै नलाग्ने अवस्थाको मोटरसाइकल र स्कुटरलाई १० हजार रूपैयाँ दिएर एक्स्चेञ्ज गछौँ ।’

नयाँ वर्षको उपलक्ष्यमा बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेताले बिग्रिएको र कामै नलाग्ने तथा जुनसुकै अवस्थामा रहेको मोटरसाइकल र स्कुटर एक्स्चेञ्ज अफर ल्याएको हो ।

हामीले थोरै पैसामा पनि बाइक चढ्ने चाहान र आवश्यकता पुरा गर्न यो सुविधा दिदा उपभोक्ताहरुलाई धेरै सहज हुने अनुमानका साथ फाइनान्सको सुविधा दिएको हो,धेरै ग्राहकहरुले यसको सुविधा लिएको छ शाहले भने ।बानपा १ रामरेखामा रहेको कम्पनीले हुलास इनभेसमेन्ट मार्फत फाइनान्सको सुविधा दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्