८ जेष्ठ २०८१, मंगलवार

 

बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाखसम्म जित्न सकिने

बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेता शिव शक्ति अटोमोबाइलले नयाँ वर्ष २०७९ को अवसरमा ‘बजाज पाँचको पन्च’ अफर ल्याएको छ । नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना अनुसार ग्राहकहरुले बजाजको मोटरसाइकल किन्दा पाँच पटकसम्म पुरस्कार जित्ने अवसर रहेको पाउने छन् ।

बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत मोटरसाइकल किन्ने बेलामा १ हजार रुपैयाँसम्मको छुट पाउन योग्य हुने कम्पनीले बताएको छ ।यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट मोटरसाइकल खरिद गर्ने बेलामा प्रदान गरिनेछ ।

कम्पनीका अनुसार मोटरसाइकल खरिद प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर मोटरसाइकल रोजेवापतको र खरिदका लागि बुकिङ गर्दा पाइने १ लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिने अटो मोबाइलका सञ्चालक शिव शंकर शाहले बताए ।

यो अफरको बारेमा अरुलाई रिफर गर्दा र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीन पटक थप फ्रि सर्भिसिङ प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्ने मौका मिल्नेछ । कम्पनीका अनुसार समग्रमा सोचेर, हेरेर, किनेर, भनेर एवं बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण ‘बजाज पाँचको पन्च’ राखिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्