बागलुङ – बागलुङले शिक्षा,स्वास्थ्य,सडक,कृषि र पर्यटनलाई जोड दिने भएको छ । आर्थिक वर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रमलाई सम्वोधन गर्दे गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उक्त कुरा बताएको हो।
गाउँपालिकामा उच्च शिक्षालाई अगाडी बढाउन निकट भविष्यमा क्याम्पस स्थापना गर्ने कार्यक्रम अगाडि ल्याईएको छ । क्याम्पस स्थापनाका निम्ति आवश्यक प्रकृया तत्काल अगाडि बढाउने बताउँदै पाँच वर्ष भित्रमा क्याम्पसबाटै पठन पाठन सुरु हुने गरी गाउँपालिका अगाडी बढ्ने अध्यक्ष अधिकारीले बताईन ।
विहिबारदेखि सुरु भएको नीति तथा कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष अधिकारीले लोकल मदिरालाई आवश्यक मापण्ड पुरा गरी उत्पादन र बजारी करण गर्ने, गाउँमा उत्पादन हुने भाँगोलाई व्यवसायीकरण गरीने बताउँदै उत्पादनसँग जोड्नका निम्ँित आधुनिक र व्यवसाहिक कृषिलाई पालिकाले प्राथमिकता दिने बताईन ।
नीति कार्यक्रम अन्र्तगत पालिकाका एक नयाँ नमुना विद्यालय स्थापना गरीने, एक घर एक धारा कार्यक्रमलाई , गरिबी न्युनीकरणका निम्ति उत्पादन र स्वरोजगार कार्यक्रमलाई जोड दिने , गाउँपालिकाका सवै टोलमा निरन्तर सवारी सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्ने सडक मापडण्ड निर्माण गर्ने , खरका छाना मुक्त कार्यक्रमलाई जोड दिइने, सेवा प्रवाहमा सहजता ल्याउन नागरिक सहायता कक्ष
रुथापना गर्ने, नागरिकका आधारभुत आवश्यकतालाई जोड दिई सुचकको आधारमा समृद्ध वडिगाड गाउँपालिका निर्माणमा जुट्ने नीति तथा कार्यक्रममा जोड दिइएको छ भ्रष्ट्राचारलाई शुन्यमा पुप्याउने गरी काम गरीने बताउँदै सबै नागरिक, राजनैतिक दल, समाजसेवी बुद्धिजिवीको राय सुझाव संकलन गर्दे पालिका अगाडी अध्यक्ष थापाले बताईन ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रम उपाध्यक्ष भिमसेनन वन स्वागत र कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले गरेका थिए ।













































































































































































































